टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान)को २७औं साधारण सभाले अध्यक्ष पदमा श्री बद्री नेपाललाई निर्विरोध रूपमा चयन गर्दै टुर्गानको नेतृत्वको जिम्मेवारी प्रदान गरेको छ। यस उपलब्धिका लागि अध्यक्ष श्री नेपाल र उहाँको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
साधारण सभाले टुरिष्ट गाइडहरूको हित, व्यवसायिक विकास, र नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि नयाँ योजनाहरूमा छलफल गर्दै अगाडि बढ्ने दिशामा महत्वपूर्ण निर्णयहरू गरेको छ।
हाम्रो विश्वास छ कि अध्यक्ष श्री नेपाल र उहाँको टिमको नेतृत्वमा टुर्गानले टुरिष्ट गाइडहरूको हकहित सुनिश्चित गर्दै पर्यटन क्षेत्रको दीर्घकालीन विकासमा योगदान पुर्याउनेछ।